Posts

अनुहार गोरो र चम्किलो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यो घरेलु उपाय

Image
काठमाडौं । सुन्दरतालाई विशेष गरि अनुहारसँग जोडेर हेर्ने गरिन्छ । सुन्दर अनुहारले सबैलाई आकर्षित गर्छ । वास्तवमा सुन्दरता अनुहारको रंगमा भन्दा व्यक्तिको सोंचमा लुकेको हुन्छ । तर सुन्दरतालाई अनुहारसंग जोडेर हेरिने प्रचलनले गर्दा धेरै व्यक्तिहरु आफ्नो अनुहारको रंगलाई लिएर चिन्तित हुन्छ। साधारणतया धेरै व्यक्तिलाई आफ्नो अनुहार गोरो होस् भन्ने चाहना हुन्छ । गोरो अनुहारका लागि मानिसहरु विभिन्न क्रिम र औषधि प्रयोग गर्ने गर्छन् ।  महँगो पैसा तिर्न सक्नेले प्लास्टिक सर्जरी समेत गर्ने गर्छन् । क्रिम र औषधिले अनुहार गोरो बनाउन चाहनेलाई केही समय सन्तुष्टि दिएपनि दिर्घकालिन समाधान दिंदैन । यसले छालामा नराम्रो असर पर्ने सम्भावना पनि हुन्छ । त्यस्तै, प्लास्टिक सर्जरी महँगो त हुन्छ न, यसको साथै यो शरीरको स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिंदैन।  यी सबै समस्याबाट टाढा रहेर अनुहारलाई गोरो बनाउनको लागि घरेलु विधि अपनाउन सकिन्छ । यसको लागि गुलाबजल र कागतीको रसलाई प्रयोग गर्न सकिन्छ । एउटा कचौरामा केही गुलाबजल र केही कागतीको रस मिलाउनुपर्छ । त्यसपछि यो मिक्स अनुहारमा लगाएर केही छिन मसाज गर्...